
भारत/ पलुवा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीको सर्च अभियानका क्रममा एक मेजरसहित चारजनाको ज्यान गएको र एकजना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चरमपन्थी लुकेको सूचना पाएपछि खोजी अभियानका लागि गएको सुरक्षाकर्मीको संयुक्त फौजले कारबाही थाल्नासाथ आक्रमण हुँदा चारजनाको ज्यान गएको र एकजना घाइते भएको पुष्टि भएको तर अझै सेनाको कारबाही चलिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता मनोज कुमारले बीबीसीलाई बताएका छन् ।

