
झापा, बैशाख ०२ । साझा मनोरञ्जन संस्था मेचीनगरले नया बर्षको अवसरमा बुह्त सास्कृतिक साझ–२०७६ सम्पन्न गरेको छ।

नेपालीहरुको नया बर्षको अवसरमा बैशाख १ गते आईतबार मेचीनगर ८ स्थित आदर्श चोकमा बुह्त साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

प्रदेश सभा सांमसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा बिशिष्ट अतिथि झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा र मेचीनगर उपप्रमुख मिना उप्रेतीको रहेको थियो ।


वडा नम्बर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापामगर र काँकरभिट्टा बहुमुखी क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेचीनगर ८ वडा सदस्य सन्तोस मेचे, मेचीनगर ५ वडा सदस्यहरु, मेची विद्योदय प्रा.वि व्यवस्थापन समिति अध्यक्ष लालबहादुर थामी, सेन्टरी टोल विकास संस्थाका अध्यक्ष गिरीराज धमला, समाजसेवी कुन्दन निरौला, टिकाराम धमला, परिवर्तन थ्रिएटर झापाकी अध्यक्ष कबिता नेपाल, समाजसेवी विकास देवकोटा, मिलन विश्वकर्मा, भुपाल बुडाथोकीलगायतको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय कलाकार कमल रसाईली, बिशालदेव श्रेष्ठ, द डान्स टेम्पल धुलाबारीका कलाकारहरुको साथमा स्थानिय कलाकारहरु अञ्जली राई, रोशा फुयाल, मनिसा धमला, पुजा आचार्य, तिलक मैनाली, प्रतीक्षा आचार्य, सुस्मिता तामाङ्ग, प्रेम लिम्बुलगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । स्थानिय कलाकारहरुको संम्बद्र्धन गर्ने उदेश्यले विगत बर्षहरु झै यस बर्ष पनि बुह्त साँस्कृतिक कार्यक्रम आयोजना गरेको आयोजकका उपाध्यक्ष विकास राउतले जानकारी दिए ।
साझा मनोरञ्जन संस्था मेचीनगरका अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षतामा आयोजना भएको कार्यक्रम संचालन सचिव युवराज आचार्यले गरेका थिए ।

