खेलकुद

राष्ट्रपति भण्डारीद्वारा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन

बाँके, बैशाख ०६ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा भव्य उद्घाटन गरिएको छ । बिहीबार साझ नेपालगञ्ज स्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् ।

२७ गतेदेखि अनौपचिारीक रुपमा खेलकुद प्रतियोगिता शुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो ।

कार्यक्रमा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ११ गते नेपालगञ्ज रंगशालामा समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.