
रुपन्देही, बैशाख ०५ । बुटवलको ट्राफिक चोकमा शिवम् मेसिनरी स्टोर अगाडि राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
परालमाथि रुखको छाहारीमा राखिएको उक्त शंकास्पद वस्तु बम भेटिएपछि नेपाली सेना बुटवलको टोलीले बमलाई डिस्पोज गरेको हो । मुख्य सडक तथा माथि हाइटेन्सन लाइन भएको हुँदा सडकको छेउम्मा राखेर डिस्पोज गरिएको हो । ट्राफिक चोकमा बम भएको खबर पाएपछि हजारौँ स्थानीयहरु सडकमै पुगेर बम डिस्पोज गरेको हेरिरहेका देखिन्थे ।
त्यस्तै रुपन्देहीको कोटिहवा, कञ्चन गाउँपालिका र बुटवलको ट्राफिक चोकमा पनि शंकास्पद वस्तु भेटिएका थिए । ती शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
रुपन्देहीको विभिन्न ठाउँ शंकास्पद वस्तु राख्दा स्थानीय त्रसित बनेका थिए ।

