झापा, बैशाख २१ । चट्याङ लागेर झापाका एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।
झापा पृथ्वीनगर किचकबधमा कार्यरत प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
गएराति गस्तीका क्रममा चट्याङ लागेर किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको हो।
राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो।

