संघ \संस्था

लम्की जेसीज द्वारा किसान अक्सिजन बैंकलाई २५ हजार ७ सय ६० रुपैयाँ सहयोग

बाहुण्डाँगी । लम्की जेसीज वर्ष २०२१ ले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गरेको “किसान अक्सिजन बैंक” लाई अक्सिजन सिलिन्डर खरिद तथा रिफिल गर्नको लागि २५ हजार ७ सय ६० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

लम्की जेसीज वर्ष २०२१ का अध्यक्ष घनश्याम डांगीले किसान बहुउद्देश्यीय सहकारी संस्था बैंकिङ कार्यालय लम्कीका महाप्रबन्धक डम्बरबहादुर शाहलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणमा किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य मनिष न्यौपाने , लम्की जेसीजका महासचिव रजबहादुर थापा , लम्की जेसीका स्वास्थ्य संयोजक भरतराज खनालको उपस्थिति रहेको थियो ।

अक्सिजन बैंकलाई सिलिन्डर खरिद तथा रिफिल गर्नका लागि लम्की जेसीजका अध्यक्ष घनश्याम डांगीले २ हजार १ सय रुपैयाँ , कानुनी सल्लाहकार मोहन प्रसाद ढुंगाना १ हजार ५ सय रुपैयाँ , महासचिव रजबहादुर थापा २ हजार १ सय , कोषाध्यक्ष ललित देउवा १ हजार रुपैयाँ , उपाध्यक्ष किसन चौधरी १ हजार १ सय रुपैयाँ , उपाध्यक्ष ममता रावल १ हजार ५ सय रुपैयाँ , उपाध्यक्ष इसिका थापा १ हजार ५० रुपैयाँ , उपाध्यक्ष बसन्ती कुमारी बलामी मगर २ हजार १ सय रुपैयाँ , सचिव नारद प्रसाद जोशी २ हजार ५ सय ५ रुपैयाँ , शाखा सम्पादक कल्पना तिमिल्सैना १ हजार १ सय रुपैयाँ , तालिम संयोजक नेत्रप्रसाद जैसी १ हजार १ सय रुपैयाँ , गै.स.सं. संयोजक अञ्जली श्रेष्ठ २ हजार ५ सय ५ रुपैयाँ , स. बृद्धी संयोजक दयाराम न्यौपाने १ हजार १ सय रुपैयाँ , प्रकरण निर्देशक सुरेश चौधरी १ हजार रुपैयाँ , स्वास्थ्य संयोजक भरतराज खनाल १ हजार ५ सय रुपैयाँ , डम्बरराज गौली लम्की १ हजार ६ सय रुपैयाँ गरि जम्मा २५ हजार ७ सय ६० रुपैयाँ उठाइएको रकम सहयोग गरेका थिए ।

अक्सिजन नपाएर समस्यामा परेकालाई सहयोगहोस् भन्ने उद्देश्यले सबैले आफ्नो तर्फबाट रकम उठाएर सहयोग गरिएको अध्यक्ष घनश्याम डांगीले बताए । किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले टीकापुर अस्पताललाई १ सय सिलिन्डर , भजनीमा १० वटा सिलिन्डर , लम्कीचुहा नगरपालिकामा १ सय ८० अक्सिजन सिलिन्डर रिफिल गरेर सहयोग गरिसकेको र यो अभियान जारी रहने समेत बताए ।