बाहुडाँगी, जेठ १६ । लालबन्दी जेसीजको तेस्रो स्थापना दिवशको अवसरमा सर्लाहीको हरिवन नगरपालिका वडा नं.९ नयारोडमा रहेको मानवसेवा आश्रममा ३० हजार लागतको खाध सामाग्री हस्तान्तरण गरेको छ । नेपाल जेसीजको विधि पदत्ति र सांगठानिक संरचनामा रही चन्द्रनिगाहपुर सिटि जेसिजले मातृत्व प्रदन गरेको लालबन्दी जेसीजले स्थापनाको खुसि साट्दै मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको कानुनी सल्लाहकार मनोज बख्रेलले बताए।
पछिल्लो समय दोस्रो र तेस्रो भेरिएण्टको कोभिड महामारीका विचमा सवै बेघर, बेसाहारा मानवको अभिभावकीय संस्थाको रुपमा रहेको सर्लाही हरिवनको मानव सेवा आश्रममा जेसिजले सहयोग गर्ने निर्णय गर्दै उपाध्यक्ष सन्तोष पौडेलको संयोजकत्वमा खाधान्न हस्तान्तरण गरिएको हो । खाधान्न सामाग्रीमा चामल २ सय ५० केजी , दाल ३० केजी , चना २० केजी , आलु ६० केजी , २० लिटर तेल, १ सय २० पिस चाउचाउ र २ सय प्रति सर्जिकल माक्स हस्तान्तरण गरिएको लालबन्दी जेसिज वर्ष २०२१ का अध्यक्ष श्यामकुमार खड्काले जानकारी दिनुभयो ।
खाधान्न हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम सर्लाही जिल्ला संयोजक मनिषा केसीले स्वागत मन्तव्य राख्दै सहयोगी युवा मनको उच्च सम्मान गर्नुभएको छ । लालबन्दी जेसिजका तर्फबाट शुभकामना मन्तब्य राख्दै युवा व्यवसायी सुदेश ढुङ्गानाले निरन्तर सहयोगको प्रतिबध्यता गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष किरण घिमिरे , वर्तमान अध्यक्ष श्याम कुमार खड्काले संस्थागत मन्तब्य, योजना, अभियान र धन्यवाद ज्ञापन गरेका थिए। शनिवार विहान सम्पन्न हस्तान्तरण कार्यक्रममा लालबन्दी जेसिजका कार्यकारी उपाध्यक्ष सरोज न्यौपाने , केशव खड्का , महासचिव राजकुमार सिंह , उपाध्यक्ष द्वय कुमार घिमिरे , सन्तोष पौडेल लगायतको उपस्थिति रहेको थियो ।

