काठमाडौं, जेठ २० । नेकपा एमालेको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
यसअघि हिजो ४ बजे बस्ने भनिएको बैठक आज अपरान्ह ४ बजे बस्ने गरी सारिएको थियो।
तर आजको बैठक पनि अनिश्चितकालका लागि सरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
फुटको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको एमाले बचाउन नेताहरु छलफलको क्रममा नै रहेकाले स्थायी कमिटी बैठक सारिएको बताइएको छ।

