संघ \संस्था

सूर्योदयमा ” हामी सूर्योदयका युवा ” समुह गठन

नरेन इलामेली
इलाम, असार १ ।
इलामको सूर्योदय नगरपालिका युवाहरुद्वारा “हामी सूर्योदयका युवा ” समुह गठन गरिएको छ । 

नगरपालिकाको १४ वटै वडाहरु समेटि सामाजिक सन्जाल मार्फत अनौपचारिक रुपमा गठन भएको यस समुहलाइ कोरोना महामारीको यो बिकराल अवस्थालाई मध्यनजर गर्दै सोमबार भर्चुअल बैठक बसी समितीलाई पुर्णतया दिइएको हो।

 युवा समाजसेवी चेतन अधिकारीको अध्यक्षतामा गठित सो समितिमा २१ सदस्य रहेका छन् । जस मध्ये  समितिको उपाध्यक्षमा धड्कन शर्मा, महिला उपाध्यक्षमा प्रिया राई, सचिब भुषित दाहाल, सह सचिवद्वय क्रमश: बिनिता गजमेर र प्रमोद सापकोटा रहेका छन्  भने कोषाध्यक्षमा अर्चन ढुंगाना रहेका छन।

समुहका कामलाई प्रभावकारी बनाउने उद्धेश्यले  संयोजक, सह-संयोजक र  तीन सदस्य रहने गरि   १२ वटा उप समितिहरु गठन गरिएको छ।

उक्त समितिकोमा संयोजकमा क्रमश: शिक्षा तथा तालिम समितिको संयोजकमा सागर ढुंगाना, प्रचार-प्रसार समितिको संयोजकमा पत्रकार राजकुमार दहाल, खोज तथा अनुसन्धान समितिको संयोजकमा अर्चन ढुंगाना, खेलकुद बिकास समितिको संयोजकमा बिनिता गजमेर, स्वास्थ समिती संयोजकमा निपेश नेपाल, आर्थिक बिकास समिति संयोजकमा उमेश ढुङ्गेल, युवा सरोकार समिति, संयोजकमा भुषित दहाल, कृषि तथा पशु बिकास समिति संयोजकमा लक्षुमण अर्याल, विपत ब्यवस्थापन समिति संयोजकमा सबिन अधिकारी , पर्यटन प्रवर्द्धन समिति संयोजकमा धड्कन शर्मा, पुरातात्त्विक सम्पदा संरक्षण समिति संयोजकमा अमृत कट्वाल, वन वनस्पति संरक्षण समिति संयोजकमा सविन ढुंगाना चयन भएका भएका छन् ।

नगर भित्रका समसामयिक विषयबस्तु उठाउँदै सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै समाज रुपान्तरणमा सहयोग गर्ने उद्धेश्यले समुह गठन गरिएको प्रचार-प्रसार समितिका सदस्य प्रकाश अभिलाषीले जानकारी दिए ।