अर्थ स्वास्थ्य

आर्थिक अभावले विष्णुमायाकाे उपचारमा समस्या; देउराली फाउन्डेसनले गर्यो सहयोग

झापा, भदौ ७ । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरकाे उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूकाे साझा संस्था देउराली फाउन्डेसनले नगद रू ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

फाउन्डेसनकाे तर्फबाट पत्रकार भिम घिमिरे र गाेपाल बराइलिले उक्त अार्थिक सहयोग विष्णुमायकाे घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा पाठक, पत्रकार लगायत स्थानियहरूकाे उपस्थितिमा रकम हस्तान्तरण गरेका हुन् ,।

समाजसेवी खिम राेक्का र एनआरएन अमेरिकाका कोषाध्यक्ष राजिव श्रेष्ठको तर्फबाट फाउन्डेसन मार्फत आर्थिक सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष धिमालले पीडित विष्णुमायाकाे अवस्था जटिल बन्दै गएको र सबैले सहयोग गरेर उनको उपचार गर्नुपर्ने अवस्था आएकोे भन्दै सहयोगकाे अपिल समेत गरेका छन्,। साथै उनले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै वडाले पनि सकेको सहयोग गर्ने बताएका छन्,।

अनुहार लगायत शरीरका विभिन्न भागमा मासु पलाएर पिडामा रहेकी विष्णुमायाकाे बुवा आमा पनि नरहेको र हाल उनी काका काकीकाे घरमा आश्रय लिएर बसेकी छिन्,। आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा जान नसकेको अवस्थामा देउराली फाउन्डेसनले आर्थिक सहयोग गरेपछि पीडित विष्णुमाया भावुक हुँदै कमजोर आर्थिक अवस्थाकै कारण उपचार गर्न नसकेको र आफुले उपचार पाए सहज हुने बताइन् ।

पीडित विष्णुमाया कि काकी उमामाया मगर भन्छिन् ,- “उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा दर्दनाक मासुको डल्लो बढेर खानपिउन नै समस्या भइसक्यो । खान लाउन धौधौ छ कसरी उपचार गराैँ?”

आर्थिक स्रोत नभएका कारण विष्णुमायाले बर्साैँदेखि आफ्नो अनुहारभरी मासुको डल्लो झुन्ड्याएर हिँडिरहेकि छिन् भने पछिल्लो समय उक्त मासुको डल्लो बढ्दै गएपछि थप समस्या निम्तिएकाे उनका छिमेकी बताउँछन् ,।

मुख र नाक मासुका लुर्काले छोपिइसकेको छ भने आँखा हेर्न समस्या हुँदै गएको छ ।जसका कारण उनलाई खानपिन र हिँडडुलमा समेत कठिनाई भैरहेको छ । उनको अनुहारमा मात्रै नभएर अहिले शरीरका विभिन्न भागमा मासु पलाउँदै गएपछि उनलाई झनै समस्या भएको छ ।

कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन । सानैछँदा अनुहारमा गाठागुठी देखिएको र एकपटक अस्पतालमा पुगेको उनले बताइन् ।