मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई परीक्षा अगावै कोरोना बिरूद्धको खोप लगाउने व्यवस्था मिलाएको छ ।
नगरपालिकाले परिक्षाकाे तयारीमा रहेका मेचीनगर क्षेत्रका कक्षा १२ का विद्यार्थीलाई कोरोना कहरबिच सहजताका लागि यहि भदौ १६ गते बिहान १०:३० बजेपछि कोरोना विरूद्धको खोप प्रदान गर्ने खोप तालिका सार्वजनिक गरेको छ ।

खोप कार्यक्रममा खोप लगाउन आउँदा विद्यार्थीले कक्षा १२ को प्रवेशपत्र अनिवार्य गरिएको मेचीनगर शिक्षा शाखाले जनाएको छ ।

