काठमाण्डौं, श्रावण ३१। घुस रकमसहित एक सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । उनीहरुले शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत लिएको ६५ हजार घुस रकमसहित बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।
अनुसन्धान आयोग बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनिहरुलाई परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको जनाएको छ ।

