विविध संघ \संस्था

रवि लामिछानेको पक्षमा चितवनमा चर्को नाराबाजी र प्रदर्शन, पाँच पक्राउ

चितवन, श्रावण ३१।  न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न माग गर्दै चितवनमा प्रदर्शन भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

टेलिभिजनकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले चितवनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले चर्को नाराबाजी गर्दै रविलाई तत्काल रिहा गर्न माग गरेका छन् । लामिछानेको पक्षमा नाराबाजी गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ । तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन लगिएको थियो ।

Leave a Reply

Your email address will not be published.