खेलकुद

समाजसेवी भट्टराईले बाडे खेल सामाग्री

झापा, श्रावण ३० । समाजसेवी महेन्द्र भट्टराईले सानु केर्खा युवा क्लबलाई खेल सामाग्री प्रदान गरेका छन् । कमल ३ सानु केर्खामा एक कार्यक्रमका बीच बिहिबार क्लबलाई उक्त खेलकुद सामाग्री वितरण गरेका हुन। भट्टराईले सानो केर्खा युवा क्लबलाई २१ थान फुटबल जर्सी वितरण गरेका हुन।

सो अवसरमा बोल्दै भट्टराईले युवाहरुलाई खेलकुदमा प्रेरित गर्ने उद्देश्यका साथ खेलकुद सामाग्री वितरण गरेको बताए । साथै खेल क्षेत्र ओझेलमा पर्दै गएको र सानो केर्खालाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने लक्ष्यका साथ खेल सामाग्री वितरण गरेको बताए।
सानो केर्खा युवा क्लबका अध्यक्ष होमराज लिम्बुको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव त्रिलोचन गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.