राजनीति

नेपाली कांग्रेस माइजोगमाई १ को सभापतिमा निरौला सर्वसम्मत

नरेन इलामेली
इलाम, भदौ १८ ।
नेपाली कांग्रेस माइजोगमाई १ को सभापतिमा पूर्ण बहादुर निरौला सर्वसहम्मत चयन भएका छन्  १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न  वडा अधिवेशनमा निरौला सर्वसहम्मत चयन भएका हुन्  । नव निर्वाचित सभापति निरौला दुई दशक भन्दा  लामो समय देखि राजनितिमा सक्रिय हुँदै आएका छन् । 

नव गठित समितिको उपसभापतिमा कर्णाखर भण्डारी र केशवकुमार पौडेल, सचिवमा तेजबहादुर भट्टराई र दिपेन्द्र वस्नेत तथा सह- सचिवमा नरेन्द्र थापा र युवराज भण्डारी चयन भएका छन् । कोषाध्यक्ष भने नेपाली कांग्रेसको विधान अनुसार पछि मनोनयन हुनेछ ।

समितिको सदस्यहरुमा मिना निरौला, खुल्ला सदस्यहरु मनोज निरौला, भिमप्रसाद घिमिरे, दिलबहादुर भट्टराई, कृष्ण गुरुङ, चेतन कुमार कार्की, भोक बहादुर बुढाथोकी, विर बहादुर राई, विनु खँड्का, जिवनलाल मोदी, रविन बराइली, टेक बहादुर गुरुङ, विनिता खँड्का अधिकारी, रेनुका अधिकारी, याम बहादुर निरौला, तारा बहादुर निरौला, नारायण घिमिरे, कल्पना भट्टराई, खड्ग प्रसाद घिमिरे, निर्मला बस्नेत, रेखा राई र उषा खतिवडा चयन भएका छन् ।

त्यस्तै क्षेत्रिय प्रतिनिधी खुल्लामा तारनाथ अधिकारी, रामकुमार रिमाल, मदन कुमार भण्डारी, बल बहादुर जोगी, बलबहादुर खँड्का, विक्रम अधिकारी, भोला भण्डारी, मोहन कुमार गुरुङ, टेक बहादुर शाह र भीम बहादुर गुरुङ चयन भएका छन् भने क्षेत्रिय प्रतिनिधी महिलामा प्रभादेवी भट्टराई पौडेल,झरना भट्टराई, मीरामाया भण्डारी, कमला सुवेदी, र लक्ष्मी विश्वकर्मा चयन भएका छन् । 

यता क्षेत्रिय प्रतिनिधी जनजातिमा दवा तेन्जी शेर्पा, दल बहादुर फुर्केली, पेम्वा शेर्पा, गोपाल मगर, पुनम गुरुङ, विमला थामी र दाखण्डु शेर्पा चयन भएका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधि खस आर्य तर्फ ख्याम कठेत र कुसुम दाहाल  चयन भएका छन् ।

नव निर्वाचित सभापति निरौलाले नेपाली कांग्रेसलाई गुटको अन्त्य गरि कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचित भइसकेपछि आफ्नो प्रतिक्रिया दिँदै सभापति निरौलाले  काँग्रेसमा मौलाउँदै गएको गुट प्रथाको अन्त्य गरी सवल र सक्षम पार्टी बनाउने बताए । साथै नेपाली कांग्रेसलाई मजबुत पार्टी बनाउन सबैको साथ र सहयोग चाहिनेमा निरौलाले जोड दिए ।