समाचार

प्रधानमन्त्री ओलीले अपशब्द बोलेको भन्दै संसदमा हंगामा

काठमाण्डौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको शब्दलाई लिएर संसदमा हंगामा भएको छ ।
आगामि आर्थिक बर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले दिएका थिए ।

प्रधानमन्त्रीले जवाफ दिइसकेपछि सांसदहरुले फेरि प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफ दिन फेरि प्रधानमन्त्री रोष्टम पुगेका थिए । रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरे । लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले प्रधानमन्त्रीले अपशब्द बोलेको भन्दै नियमापत्ति जनाए । त्यसपछि काँग्रेसका सबै सांसदले उठ्दै विरोध जनाए ।
प्रधानमन्त्री ओली र काँग्रेस सांसदबीच केहि मिनेट जुहारी समेत चल्यो । प्रधानमन्त्री ओलीले आफूले अपशब्द नबोलेको पटकपटक दोर्होए।

सभामुखले ध्यानाकर्षण भएको बताएपनि काँग्रेस सांसद बसेनन् । प्रधानमन्त्रीले विरोध जारी रहँदा पेलेरै प्रधानमन्त्री ओलीले प्रश्नहरुको छोटो जवाफ दिए र फर्किए । संसोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले समेत सभामुखले सदन चलाउन नसकेको आरोप लगाएका छन् ।
काँग्रेसका सांसदहरुले यो बिषयलाई जनताको बिचमा लैजाने समेत उद्धघोष गरेका छन् । लोकतान्त्रिक मुल्यमान्यता, संविधान विपरित प्रधानमन्त्री ओली र सभामुख गएको सांसदहरुको आरोप छ । ई.हुलाकीबाट

Leave a Reply

Your email address will not be published.