देबु बानियाँ
बाहुण्डाँगी । उनी नेतृत्व नै हाक्दैनन तर, नेतृत्वको निर्माण भने गर्छन् । जब जब जेसीजको चुनाव आउँछ उनको आफ्नो निजी निवास चाई जेसीज नेतृत्व निर्माण गर्ने मुख्यालय बन्छ । अर्थात उनलाई नेपाल जेसीज नेतृत्वको मुखिया भन्दा फरक पर्दैन । हरेक नेता त्यो हुन्छ जो नेतृत्वमा पुग्छ तर, कतिपयसँग यो इच्छा र चाहाना मनमै कैदि बनेर बस्छ भने कतिको मनोकाक्षा पुरा हुन्छ । फेरी पनि नेतृत्वमा जाने नेता कतै न कतैबाट त्यो यात्रामा डोहोर्याउने नभइ पुग्दैन । हो यसरी नै नेपाल जेसीजको नेतृत्वमा पुर्याउन दोछाँयामा परेर नेता बनाउने नेताको नाम हो सुदिपसिंह अधिकारी ।

हेर्दा सामान्य जीवनशैली विताउने अधिकारी चितवनमा बस्ने गर्छन् । उनको आफ्नो कर्मथलो नै यहि हो । तर उनको जेसीज सम्बन्ध पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म उत्तिकै प्रगाढ छ । उनले कुनै वर्ष न त नेपाल जेसीजको नेतृत्व नै गरे न त लामो समय जेसीजमा नै रहे । तर पनि एउटा कुशल लिडरको भूमिका निर्वाह गरिरहे । एक कार्यकाल शाखाको अध्यक्ष र एक कार्यकाल नेपाल जेसीजको उपाध्यक्ष बनेका अधिकारी जेसीज गु्रपको नेताका रुपमा परिचत बने । त्यसका पछि एउटै मात्र सफलता भनेको नै उनको इमान्दारिता, लगनशिलता र उनले दिएको विश्वास नै हो । त्यसो त उनले चाहेका उम्मेदवारले प्राय सफलता प्राप्त गरेका छन् । उनले सुद्धिकरण ग्रुपको चेयर प्रशनका रुपमा निरन्तर नेतृत्व गरिरहेका छन् । यसो त टिममा उनी एक्लो होइनन् देशभरबाट विभिन्न शाखाका पूर्व अध्यक्षहरुले उनलाई साथ दिएका छन् । तर सबैको नेतृत्व भने अधिकारीले नै गर्दै आएका छन् ।

२०१३ देखि यो ग्रुपको नेतृत्व गर्दै आएका अधिकारीले २०२० बाहेक सबै वर्षहरुमा आफ्नो टिमलाई जिताए । त्यसमा पनि राष्ट्रिय अध्यक्ष जस्तो महत्वपूर्ण पदमा जित निकाल्दै आए । त्यसले पनि उनीप्रतिको विश्वास र लोकप्रियतामा कमि हुन पाएन । २०२० मा भने अधिकारीका ग्रुपका अध्यक्ष पराजित बने । जुन वर्ष अशोक शंकरले चुनाव जितेका थिए ।
हरेक वर्ष हुने नेपाल जेसीजको निर्वाचनमा अधिकांश उम्मेदवारको ध्यान यिनै अधिकारीप्रति तानिन्छ । मानौ धावन रिसोर्ट एउटा तिर्थस्थल नै हो । उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष र अध्यक्ष पदका लागि धेरैको अपेक्षा अधिकारीको गु्रपबाट टिकट लिने हुन्छ । कतिले त्यो सफलता प्राप्त गर्छन भने कतिले पाउँदैन । तर, जतिले पाउँछन् प्राय विजेता नै बनेको इतिहास छ ।

यो वर्ष पनि जेसीजको निर्वाचन नजिकैदै गएको छ । पुस १ गतेबाट हुने महाधिवेशनका लागि उम्मेदवारहरु प्रचारमा व्यस्त छन् ।
तर, यो वर्ष अधिकारीका सामु केही चुनौती पनि आएपरेका छन् । गत वर्ष अरुणेश्वर खनाललाई लिएर मैदानमा गएका अधिकारीले जुन सफलता प्राप्त गरेका थिए त्यो सँगै समायोजन गर्नमा उत्तिकै कठिन भएको थियो । धेरै उम्मेदवारका बिच साझा उम्मेदवारका रुपमा सहमति गराएर खनाललाई अघि सारेका थिए । त्यसबेला अधिकारीले अध्यक्षका प्रत्यासीहरु विकास मानन्धर, गोकुल सापकोटा, श्याम सुन्दार पौडेल (मिलन), शोभा खरेल र रबिन पोखरेललाई मिलाएर एउटै टिम बनाएका थिए । अब यो वर्ष विकास मानन्धर, श्याम सुन्दर पौडेल र गोकुल सापकोटा अध्यक्षको प्रत्यासीका रुपमा मैदानमा छन् भने शोभा खरेल, रबिन पोखरेलले उम्मेदवारी दिएनन् । यतिबेला धेरै ध्यान यस वर्ष यी तीन मध्ये कसले टिकट पाउने या चौथोे व्यक्तिलाई लिएर आउने भन्ने विषय धेरैको जिज्ञासाको रुपमा रहेको छ । साथै उम्मेदवारहरु पनि टिकट लिने लबीमा लागि परेका देखिन्छन् । उता गत वर्ष उपविजेता बनेका लालमणी भण्डारी र नयाँ चिराबाट आएका शिवप्रसाद भुषाल पनि अध्यक्षको मैदानमा छन् ।

अधिकारी भन्छन्– गत वर्ष मिलाए झै यस वर्ष पनि मिलाउने छौ । यस विषयमा हामी विचार गरिरहेका छौँ । तर त्यो सहज भने छैन ।’ हरेक वर्ष जेसीजको चुनाव महंगो हुँदै गएको छ । यो राम्रो पक्ष होइन । आफु जित्नका लागि जति पनि खर्च गर्न तयार छन् । यसले भावि दिनमा अझ असर गर्छ । त्यसैले थोरै उम्मेदवार भए भने सबैलाई सहज हुन्छ ।’
अधिकारीले भने अब हामी ग्रास लेबल बुझेर सबैले रुचाएको व्यक्तिलाई अघि ल्याउँछौँ । यो वर्ष पनि सबैलाई मिलाएर लैजाने तयारीमा छौँ । अझ हाम्रो सोच त सर्वसम्वत रुपमा सहमति गर्ने नै रहेको छ । हेरौँ कति सम्म हुन सक्छ ।
वि.स २०२८ साल पुस २ गते काठमाडौको कालधारा, पकनाजोलमा जन्मिनु भएका अधिकारी सानै उमेरदेखि सामाजिक काममा सक्रिय थिए । पछिल्लो समय होटल व्यवसायमा आबद्ध उनको चितवनको नारायणगढमा धावन रिसोर्ट सञ्चालनमा छ ।

सन २००१ मा नारायणगढ जेसीजमा आबद्ध भएर जेसीज अभियानमा जोडिएका अधिकारी विभिन्न वर्षमा महत्वपूर्ण कार्यभार सम्हाल्दै २००७ मा शाखाको अध्यक्षमा निर्वाचित भए ् । शाखाको प्रस्तुतीका रुपमा २००८ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा उतारेको शाखाले अधिकारीको सालिनता, कामप्रतिको विश्वासका साथ सानदार मतको साथ विजयी भए । एक वर्षको कार्यकालपछि उहाँले त्यस भन्दा माथि जाने मन गरेनन् ।
अधिकारी कुनै पनि महाधिवेशनमा सहभागि हुँदा आफ्नो सहभागि शुल्क कसैलाई तिराउँदैनन् । यति मात्र होइन ग्रुपको नेतृत्व गरे पनि अहिलेसम्म उम्मेदवारहरुसँग न त कुनै रकमको कुरा हुन्छ । न त कसैले दिनु पर्छ नै भन्ने छ । बोरु आफ्नो टिमको अध्यक्षलाई आफुले सक्ने आर्थिक सहयोग सम्म गर्ने गरेको बताए ।
नेपाल जेसीजका हरेक युवाहरुका लागि आस्थाका रुपमा रहेका अधिकारीको आगामी यात्रा पनि यसरी अघि बढोस ।

