राजनीति

एमाले: ७ प्रदेशमै नयाँ इन्चार्ज तोकियो, प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे

काठमाडौं । नेकपा (एमाले)ले सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ७ वटै प्रदेशका इन्चार्ज तोकेको हो ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट चयन भएका छन्, भने कर्णाली प्रदेशमा यमलाल कँडेल चयन भएका छन् ।

त्यस्तै प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन्, भने प्रदेश २ मा रघुवीर महासेठ, बागमतीमा काशिनाथ अधिकारी चयन भएका छन् ।

यता गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा चयन भएका छन् ।