मनोरञ्जन

पल शाहलाई अनुसन्धानका लागि तनहुँबाट गैँडाकोट लगियो

काठमाडौं । एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई तनहुँबाट मंगलवार गैँडाकोट पुर्‍याइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी डीएसपी दिलिप गिरीले गैँडाकोटमा पनि उजुरी परेपछि अनुसन्धानका लागि तनहुँबाट ल्याइएको जानकारी दिए । उनले बयान लिइने र थप अनुसन्धान गर्ने बताए ।

नाबालिगका आफन्तले तनहुँ प्रहरी र गैँडाकोट प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले तनहुँ प्रहरीलाई पत्र पठाउँदै पलविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पठाइदिन पत्राचार गरेको थियो ।

पलविरुद्ध थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ ।