बाहुण्डाँगी । सुनवल जेसीजले नारी दिवसको अवसरमा सुनवल नगरपालिका भित्र रहेका सामुदायिक बिधायलका महिला प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ । जेसीजले ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर यस क्षेत्रमा कार्यरत महिला प्रधानाध्यापकलाई सम्मान गरेको हो ।

यो सम्मान कार्यक्रम यस नगरपालिकाकै पहिलो कार्यक्रम समेत हो । महिला प्रधानाध्यापकहरुको नेतृत्वमा रहेका विद्यालयले शैक्षिक गुणस्तरमा पुरयाएको अतुलनिय योगदान स्वरुप उहाँहरुको उर्जाका निम्ति सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा चन्द्रज्योति आधारभूत विद्यालयकी प्रधानाध्यापक धनमाया काफ्ले, नवदुर्गा प्राविकी प्रधानाध्यापक शिवु रेग्मी, बालमिकी प्राविकी प्रधानाध्यापक सिता न्यौपाने, अरनिको माविकी प्रधानाध्यापक रिता गैरे, पञ्चरत्न प्राविकी प्रधानाध्यापक विमला कुँवर, मलपोखरी आधारभूत प्राविकी प्रधानाध्यापक यानीसरा ढेङ्गा,

जनज्योति आधारभूत विद्यालयकी प्रधानाध्यापक राधिका अर्याल, निसानदेवि आधारभूत विद्यालयकी प्रधानाध्यापक बालकुमारी कुमाललाई सम्मान गरिएको हो । कार्यक्रम शाखाको सचिवालय सुनवल १ सोमनाथमा गरिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता सुनवल जेसीज बर्ष २०२२ की अध्यक्ष जमुना थापाको सभापतित्व तथा घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय सदस्य, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य तथा उद्योग वाणिज्य संघ नवलपरासी सचिव तथा सुनवल जेसीजका मानार्थ सदस्य तारा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु रमेश कर्मचार्य, जीवन पौडेल, सुनवल सामुदायिक सिकाइ केन्द्रका सचिव लिला पंगेनीको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष सोम प्रसाद पौडेल र सञ्चालन महासचिव विकास आचार्यले गर्नु भएको थियो ।

