संघ \संस्था

अर्जुनधारा जेसीजद्धारा नारी दिवसमा पाँच महिलालाई सम्मान

बाहुण्डाँगी । झापाको अर्जुनधारा जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विरुद्धको सचेतना मुलक प्रशिक्षण तथा विभिन्न विधामा ५ जना महिलालाई सम्मान गरेको छ ।

आज (मंगलबार) अर्जुनधारामा सम्पनन कार्यक्रममा १०७ वर्षीय जेष्ठ महिला मैनादेवी दर्जीलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी एकल महिला तर्फबाट जानुका देवी गेलाल, फुल माया घिमिरेलाई सम्मान गरिएको छ ।

महिला मजदुर तर्फ भने ममता भुजेल लगायतको उनको परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम शाखाकी कार्यकारीणी उपाध्यक्ष विमला भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।