बाहुण्डाँगी । खाडादेवी जेसिजले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी महिलाको आङ खस्ने समस्या सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको तीनकुनेस्थित क्वालेटी फुड क्याफेमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व खाँडादेवी जेसीजकी अध्यक्ष जेसी सम्झना श्रेष्ठले गरेकी थिईन भने कार्यक्रममा प्रमुख अतिथि जेसिजका राष्ट्रिय उपाध्यक्ष जीवन श्रेष्ठले गरेका थिए ।

त्यस्तै अतिथिका रूपमा राष्ट्रिय स्वास्थ्य समितिका प्रमुख गोपाल खड्का, खाँडादेवी जेसीजका संस्थापक अध्यक्ष होमराज श्रेष्ठ लगायत अन्य बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे संस्थाकी अध्यक्ष जेसी सम्झना श्रेष्ठले महिलाहरुको समस्यालाई मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरिएको बताइन् । सचेतना तालिम नर्स मन्दिरा श्रष्ठले दिएकी थिइन् भने कार्यक्रममा अतिथिहरुलाई मायाको थिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव विनोद श्रेष्ठले गरेका थिए भने कार्यक्रममा संस्थाका अन्य प्रतिनिधिहरुसँगै महिलाहरुको बाक्लो सहभागिता रहेको थियो ।

