खेलकुद

झापा गोल्ड कपः आज त्रिभुवन आर्मी र दार्जिलिङ एम एफसी भिड्दै

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज तेस्रो क्वाटरफाईनलको खेल हुदैछ ।

अन्तिम चारमा प्रवेशका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् । आजको खेल दिनको २ः३० बजे हुने आयोजकले जनाएको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।