राजनीति

नेपाल खेलकुद महासंघ मेचीनगर अध्यक्षमा संञ्जय

झापा । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मेचीनगर कमिटिको अध्यक्षमा संञ्जय तामाङ चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा‘ बुधबार सम्पन्न प्रथम नगर अधिबेशनले अध्यक्षमा तामाङलाई सर्वसम्मत चयन गरेको हो ।

तामाङको नेतृत्वमा रहेको कमिटीको उपाध्यक्षमा शेखर गिरी र सिता मोते, सचिवमा मदन भण्डारी, सहसचिवमा सञ्जिव आचार्य र विपन्न राजवंशी तथा कोषध्यक्ष सञ्जय राजवंशी चयन भएका छन् । ४५ सदस्यीय नगर

कार्यक्रममा नेपाल खेलकुद महासंघका प्रदेश १ का इञ्चार्ज सन्तोष वान्तवाको प्रमुख आतिथ्यमा रहेको थियो । अधिबेशनमा विशिष्ट अतिथिमा नेपाल खेलकुद महासंघका प्रदेश अध्यक्ष राजकुमार थापा रहेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, एमाले प्रदेश कमिटी सदस्य राजु कार्की, जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, नेपाल खेलकुद महासंघ केन्द्रिय प्रशिक्षण तथा अनुसन्धान बिभाग सचिव रविन ओझा, झापा जिल्लाका इञ्चार्ज चन्द्र प्रसाइ, झापा जिल्लाका अध्यक्ष भवानी बराल, एमालेका युवा नेता बालकृष्ण थापालगायतको आतिथ्यता रहेको थियो ।

नेपाल खेलकुद महासंघ मेचीनगर इञ्चार्ज दावा तामाङको सभापतित्व भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष पनिता पोखरेलले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन खेलकुद महासंघका प्रदेश सदस्य नारायण खनालले गरेका थिए ।