मेचीनगर । बौद्धमोड कृषि सहकारी संस्था लिको सेवा अब बाहुण्डाँगी बजारबाट पनि पाईने भएको छ ।

मेचीनगर २ स्थित बौद्धमोडमा प्रधान कार्यालय रहेको यस संस्थाले बिहीबार आफ्नो दोस्रो शाखाको रूपमा मेचीनगर ४ स्थित बाहुण्डाँगी बजारमा नयाँ शाखा सुरू गरेको छ । शाखा कार्यालय उद्घाटन रिवन काटेर मेचीनगर ४ का वडाध्यक्ष नवीन बरालले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेचीनगर ४ का वडाध्यक्ष बरालले सहकारीले आम मानिसको जीवन स्तरमा रचनात्मक प्रभाव पारेको बताउदै सबैले स्थानीय स्तरबाट नै लागि पर्नुपर्ने बताए । साथै उनले जनप्रतिनिधिको हैसियतले सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
संस्थाले मेचीनगर १ स्थित गाडागल्लीमा आफ्नो पहिलो शाखा यसअघि नै सञ्चालनमा ल्याई सकेको छ । संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेले आगामी दिनमा संस्थाको शाखा मेचीनगरका सबै वडामा पुर्याउने बताए ।

कार्यक्रममा निरज घिमिरे, मेघराज खड्कालगायतले बोलेका थिए ।
बाहुण्डाँगी ईकाइ समिति संयोजक जीवन मोतेले स्वागत गरेको कार्याक्रम सञ्चालन संस्थाका व्यवस्थापक हेमन्त मोक्तानले गरेका थिए ।






