झापा । झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
शनिवार साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा भेटिएको थियो ।
स्थानीयले बालिका मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी शनिश्चरेले जानकारी पाउन साथ घटनास्थल पुगेको थियो । यता घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

