मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सेन्टरी युवा क्लबद्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

मेचीनगर ८ वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय मेची विद्योदय आधारभूत विद्यालयमा बुधबार सम्पन्न तालिममा वडाका ५० बढी महिलाहरुले सहभागीता जनाएका थिए । तालिममा सहभागी महिलाहरूलाई नेतृत्व विकास सम्बन्धि तालिम सञ्चारकर्मी लिला अनमोलले गरेकी थिईन् ।
समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, अतिथिहरू नेपाली काँग्रेस मेचीनगर ८ वडा सभापति गिरिराज धमला, मेची बिद्योदय आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोबिन्द लम्साल, अखिल नेपाल महिला संघ मेचीनगर ८ की अध्यक्ष गोमा खड्का, उपाध्यक्ष मीना राजवंशी, पारिजात महिला बिकास मञ्चकी अध्यक्ष मनकुमारी गिरीलगायतको रहेको थियो ।

आयोजक संस्था सेन्टरी युवा क्लबकी अध्यक्ष हेमा राय खनालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन सचिव तेजन राजवंशीले गरेका थिए ।

