समाचार

झापामा ३६ दल चुनावी मैदानमा

झापा । आसन्न स्थानीय निर्वाचनमा झापामा ३६ वटा राजनितिक दलहरु चुनावमा सहभागि हुँदैछन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा राष्ट्रिय मान्यता प्राप्त ६ दल सहित ३६ वटा दलले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउँदैछन् ।

झापामा राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक सामाजवादी पार्टी नेपाल र राप्रपा सहित अन्य २९ वटा राजनितिक दलले स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापामा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापा नै दर्ता भएका दलहरुमा मंगोल नेशनल अर्गनाइजेसन, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपाल जनता पार्टी, नेपाली काँग्रेस पार्टी ९वि।पी०, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल विवेकशील पार्टी र नेपाल लोकतान्त्रिक पार्टी रहेको छन् ।

त्यसैगरी विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी९पुष्पलाल०, सामाजिक एकता पार्टी, जनसमाजवादी पार्टी नेपाल, माओवादी कम्युनिष्ट पार्टी नेपाल, आमुल परिवर्तन मसिह पार्टी नेपाल, किरात खम्वान साझा पार्टी र नपला परिवार दल छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समावेशी पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी नेपाल स्थानीय निर्वाचनका लागि झापामा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १३१ वटा वडाहरु छन् । २८६ मतदान स्थल रहेको यँहा ६ लाख ४६ हजार २३४ मतदाता रहेका छन् ।