संघ \संस्था

खाँडादेवी जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । रामेछाप जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र खाँडादेवीमा स्थापना भएको खाँडादेवी जेसीजको जेसीज सप्ताह सुरु भएको छ । २०२२ को बोर्डले यस वर्षको सप्ताहको आयोजना गरेको हो । सप्ताहका उद्घाटन खाँडादेवी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले विरुवा रोपेर गरेका थिए । उद्घाटन समारोहमा विभिन्न जातको विरुवाहरु वृक्षारोपण गरिएको थियो । खाँडादेवी १ राकाथुममा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थाकी अध्यक्ष सम्झना श्रेष्ठको सभापतित्व तथा शाखा संयोजक सुदिप श्रेष्ठको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।