संघ \संस्था

खाँडादेवी जेसीजको कविता प्रतियोगितामा

बाहुण्डाँगी । खाँडादेवी जेसीजको जारी जेसीज सप्ताह अन्तगर्त शनिवार मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ज्योति माविकी प्रमिला थापा प्रथम भएकी थिइन् । उज्जवल भविष्यका लागि नेतृत्व विषयक प्रतियोगितामा मावि राकाथुमकी सुमित्रा श्रेष्ठ दोस्रो र विष्णु जनज्योति माविकी सृष्टिका खत्री तेस्रो स्थान हासिल गरेकी थिइन् । विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।


शाखाकी अध्यक्ष सम्झना श्रेष्ठको सभापतित्व तथा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा सक्रिय रहेको खाँडादेवी जेसीजसँग गाउँपालिका सहकार्य गरेर काम गर्न तयार रहेको बताउनु भयो । तपाईहरु योजना लिएर आउनुहोस् श्रेष्ठले भन्नुभयो, हामी तपाईहरुसँग सहकार्य गरेर गाउँपालिकाको विकासका लागि सहयात्रा गर्न तयार छौँ । साथै उहाँले युवाहरुलाई गतिशिल बनाउदै व्यवसायिक क्षेत्रमा अघि बढाउन जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउनु भयो ।
कार्यकारीणी उपाध्यक्ष सरिता श्रेष्ठको संयोजनमा भएको कार्यक्रम विभिन्न क्षेत्रका व्यक्ति तथा जेसीज सदस्यहरुको उल्लेखिय सहभागिता रहेको थियो ।