संघ \संस्था

लमजुङ जेसीजद्धारा विद्यालयमा बृक्षरोपण

बाहुण्डाँगी । बिश्व वातावरण दिवासको अवसरमा लमजुङ जेसिजले बृक्षरोपण गरेको छ । जेसिजले आइतबार सुन्दरबजार नगरपालिका ९ मा रहेको भक्ति नमुना माध्यमिक बिद्यालयको प्रङ्गणमा बृक्षरोपण गरेको हो । लमजुङ जेसिज बर्ष २०२२ का अध्यक्ष प्रेम बहादुर गुरुङका अनुसार दिगो बिकासको सिद्धान्त भित्र रहेर जलवायु परिवार्तन न्युनिकरणमा सहयोग पराउने हेतुले जेसिजको आयोजनामा बृक्षरोपण गरिएको हो । अध्यक्ष गुरुङले भन्नु भयो ‘हामीले जलवायु परिवार्तन न्युनिकरणमा सघाउने उदेश्यले नेपाल जेसिज अन्तरगत देशैभर १७४ साखामा एक साथ बृक्षरोपण कार्यक्रम गरेका हौं ।’

जेसिजले आयोजना गरेको बृक्षरोपण कार्यक्रममा जेसिको टिम संगै भक्ति नमुना माबिका निवर्तमान अध्यक्ष मोती प्रसाद गुरुङ,बिद्यालयका प्र।अ। यज्ञराज घिमिरे, बबिद्यालयकै इको क्लावका बिद्यार्थीहरु लयागतको टिमले बृक्षारोपण गरेको हो । बिद्यालय परिसरमा रुद्धाक्ष, कपुर, पारिजात, जस्ता प्रजातिका जस्ता २५ वडा बिरुवा रोपिएको छ । कार्यक्रममा लमजुङ सेवा समाज कतारका दितिय उपाध्यक्ष बुद्धिसागर सुवर्णकारको पनि उपस्तिी रहेको थियो । उहाँले बिद्यालय परिसरमा पारिजातको बिरुवा रोप्नु भएको छ । बिद्यालय परिसरमा रोपिएका बिरुवालाई बिद्यालयले राम्रो संग संरक्षण गरेर हुकाउने बिद्यालयका प्रअ धिमिरेले प्रतिवद्धता गर्नु भएको छ । बृक्षारोपण गरेर मात्रै पुग्दनै त्यसको राम्रो संग संरक्षण गर्न सक्नु पर्छ । अनि मात्रै हामीले साचे जस्तै स्वच्छ वातवरण बनाउन सकिने बिद्यालयका बायोलोजी बिषयका शिक्षक बिष्णु बराल बताउनु हुन्छ ।