बाहुण्डाँगी । गैँडाकोट जेसीजले जुन महिनाको उत्कृष्ट शाखाको रुपमा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तरगत क्षेत्र घ को उत्कृष्ट शाखाका रुपमा गैँडाकोट जेसीजले प्राप्त गरेको हो । सोमवार नेपाल जेसीजले सार्वजनिक गरेको अवार्ड तालिका अनुसार गैँडाकोट उत्कृष्ट शाखाका रुपमा अवार्ड प्राप्त गरेको हो । जुन महिनामा यस शाखाले गरेको कार्यसम्पादनको मुल्याङ्कनका आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गर्ने गरेको छ । रक्तदान, बाढीपहिरो पीडितलाई सहयोग, वृक्षारोपणलगायतका कार्यक्रम गरेर सामाजिक क्षेत्रमा अब्बल सावित हुँदै नेपाल जेसीजबाट समेत पुरस्कृत हुन सफल भएको छ । अवार्ड प्राप्त पछि शाखाका अध्यक्ष शंकर अधिकारीले नेपाल जेसीजले गरेको मुल्याङ्कनले अत्यन्तै खुसीको अनुभूति भएको बताउनु हुँदै आउँदा दिनमा अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बताउनु भयो । साथै उहाँले काम गरेका शाखालाई नेपाल जेसीजले उचित
मुल्याङ्कन गरेकामा नेपाल जेसीजप्रति आभार र यस कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

