संघ \संस्था

भक्तपुर लेडी जेसीजद्धारा लागु औषध दुव्र्यसन विरुद्धको अभियान

बाहुण्डाँगी । भक्तपुर लेडी जेसीजले लागु औषध दुव्र्यसन विरुद्धको अभियान सफल पार्ने उदेश्यले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
भक्तपुरमा रहेको ख्वपरिङ एकाडेमीका विद्यार्थीहरुमाझ उक्त जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
व्यक्ति परिवार, समाज र राष्ट्रको बृहत्तर हित र उन्नतीका लागि लागु औषध सधैँ बाधक हुन्छ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । पछिल्लो समय समाजका धेरै युवाहरु कुलतमा फस्दै गएका र यसलाई कम गर्न विद्यार्थी जीवनदेखि नै सबै सचेत हुनु पर्ने कार्यक्रममा सहभागिले धारणा राखेका थिए । प्रशिश्रण कार्यक्रमलाई नेपाल प्रहरीका प्रहरी निरिक्षक सुन्दर चौलागाईले प्रशिश्रण गराउनु भएको थियो ।


प्रहरी बृत जगाती भक्तपुरमा कार्यरत प्रहरी निरीक्षक चौलागाईले पारिवारिक, सामाजिक तथा आर्थिक कारणले युवाहरु दिनानुदिन कुलतमा फस्दै गएको बताउनु हुँदै यसलाई कम गर्न विद्यार्थीहरुले नै अभियान सञ्चालन गर्नु पर्ने प्रशिश्रणका क्रममा बताउनु भएको थियो । उहाँले लागु औषधले भविष्य अन्धकार मात्र बनाउने होइन ज्यान समेत लिने भएकाले यसलाई सबै मिलेर न्यूनिकरण गर्नु पर्ने विद्यार्थीलाई जानकारी गराउनु भयो ।


शाखकी अध्यक्ष सिरु श्रेष्ठको सभापतित्व तथा प्रहरी निरीक्षक
सुन्दर चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममासंस्थापक अध्यक्ष विद्या राजभण्डारी, पूर्व अध्यक्ष सपना श्रेत्रीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिलाई अध्यक्ष सिरु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।