शिक्षा

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न वडा कार्यालयले सुरु गर्यो पहल

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न पहल सुरु गरेको छ । वडा कार्यालयले आज सरोकारवालाहरुलाई एक ठाँउमा भेला पारेर शैक्षिक गुणस्तर उकास्न छलफल सुरु गरेको हो ।

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर प्रति विद्यार्थी र अभिभावक सन्तुष्ट नभएको गुनासो गरिरहेको बेला मेचीनगर ४ ले भने आफ्नो वडाको सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन लागि परेको वडा अध्यक्ष अर्जुन कुमार कार्की बताउँछन् ।

भेलामा जनप्रतिनिधिसंगै नगर शिक्षा अधिकारी, सामुदायिक विद्यालयका प्रअ विद्यालय व्यवस्थापन समिति, नागरिक समाज, पूर्व शिक्षक, राजनैतिक दललगायतको सहभागितामा छलफल सम्पन्न भएको वडा सदस्य पवन बराईलीले जानकारी दिए ।