मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा, स्थित पुरानो भन्सारमा विश्व शान्तिको कामना गर्दै सप्ताह ज्ञान महायज्ञ श्रीमद्भागवत महापुराण सुरु भएको छ।
दुर्गा मन्दिर समितको आयोजना तथा सनातन युवा मञ्च नेपालको सह आयोजनामा हुने महायज्ञमा शुभारम्भ श्री श्रीनिवासाचार्य महाराज ज्यूको मुखराविन्दबाट गरिएको आयोजकले जनाएको छ ।

सनातन युवा मञ्च नेपालको प्रस्तुतीमा विश्व शान्तिको कामना गर्दै धर्म जागरण सप्ताह ज्ञान महायज्ञ श्रीमदभागवत पुराण लगाइएको समेत आयोजकले जनाएको छ ।
आजबाट सुरु भएको महायज्ञमा बिहान कलश यात्रा गरिए पश्चात समुद्धघाटन, धर्म सभा गरिइको छ ।
त्यस्तै साउन ३ गतेदेखि ०९ गतेसम्म नियमित बिहान ७ बजेदेखि १० बजेसम्म हवन पूजा, ग्रह पूजा गरिने , विहान ११ बजेबाट ४ बजेसम्म कथा प्रवचन, झाकी, देवलीला प्रदर्शन तथा बेलुका ७ बजेदेखि १० बजेसम्म सन्ध्याकालिन भजन, किर्तन र झाकी प्रस्तुत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
साउन ९ गते पूर्णाहुती, तिलक प्रसाद वितरण गर्दै श्रीमद्भागवत महापुराणको विधिवत रुपमा समापन हुने कार्यक्रम रहेको छ ।

