संघ \संस्था

बस्तीपुर जेसीजद्धारा लोपोन्मुख बनकरीया जातीको स्वास्थ्य परिश्रण

बाहुण्डाँगी । बस्तीपुर जसिजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालीका वडा नं ४ को समन्वयमा बस्तीपुर जेसिजले शिविर आयोजना गरेको हो । शुक्रबार वडा नं ४ स्थीत श्री पशुपती माविको भवनमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि जाँच गरीएको थियो ।

प्रमुख अतिथी समेत रहेका मनहरी गाउँपालीका अध्यक्ष रञ्जन कालाखेतीले स्वास्थ्यकर्मीलाई परिक्षण किट हस्तान्तरण गरी शिविरको समुद्धघाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले यस्ता कार्यक्रम गाउँपालीकाको प्रत्येक वडामा आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो , “हामी यस वर्ष स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ । यस्ता कार्यक्रम हामी प्रत्येक वडामा आयोजना गर्नेछौँ । बस्तीपुर जेसिजले उक्त कार्यक्रम गरेकोमा उहाँले सम्पुर्ण जेसिज परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो”।

कार्यक्रमका विशिष्ट अतिथी तथा वडा नं ४ का वडाअध्यक्ष प्रकाश थापाले आफ्नो वडामा उक्त शिविर आयोजना गरीएकोमा बस्तीपुर जेसिजलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वडाबासी स्व्स्थ हुनुनै जनप्रतिनीधीको सफल्ता रहेको जिकिर गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि यस्ता शिविरका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा बस्तीपुर जेसिज वर्ष २०२२ का अध्यक्ष जेसि तेज प्रसाद उप्रेती९रमेश०ले कार्यक्रममा सकृयतापुर्वक महिलाहरुको सहभागी भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , “गाउँपालीकाको सहयोग र समन्वय भयो भने हामी प्रत्येक वडामा यस्तो शिविर सञ्चालन गर्नेछौँ “। मानव सेवाको मुख्य उद्देश्य लिएर जेसिज अघि बढेको भन्दै अध्यक्ष उप्रेतीले विपन्न वर्गलाई लक्षित गरी यस्ता कार्यक्रम आयोजना गरीएको बताउनुभयो ।

विशेषगरी वडा नं ४ मा रहेका लोपोन्मुख बनकरीया जातीलाई लक्षीत गरी अयोजीत शिविरमा ७८ जना लक्षित सेवाग्राहिले जाँच गराएका छन् भने २ जनाले १२ वर्षे अस्थायी परिवार नियोजनको साधनको सुविधा लिएका छन् । शिविरलाई स्वर्गीय जानुका रेग्मी स्मृती स्वास्थ्य सेवा तथा सुचना फाउण्डेशनले औषधि सहयोग गरेको हो ।

कार्यक्रममा बस्तीपुर जेसिज वर्ष २०२२ का उपाध्यक्ष जेसि प्रेम गोङ्वाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संयोजन जेसि कृष्ण यादवले गर्नुभएको थियो ।