संघ \संस्था

५६ औ रक्तदान दिवसमा बस्तीपुर जेसीजद्धारा ५६ प्रिन्ट रगत संकलन

बाहुण्डाँगी । ५६ औ रक्तसंचार दिबसको अबसर पारेर बस्तिपुर जेसिज हाडिखोलाको आयोजना,नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोग,रेडक्रस सोसाइटी बसामाड़ी उपशाखा र तपोबन यूथ क्लबको संयोजनमा ूरक्तदान कार्यक्रमू बस्तिपुर जेसिज हाडिखोला बर्ष९२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती९रमेश० को सभाध्यक्ष, भौतिक योजना तथा पुर्बाधार मन्त्रालय बागमती प्रदेशका राज्यमन्त्री माननीय श्री सन्त बहादुर प्रजाको प्रमुख आतिथ्यता , नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका मन्त्री खेमराज सापकोटा ज्यु बिशिष्ट आतिथ्यता सहित बस्तिपुर जेसिजका निबर्तमान अध्यक्ष ज्यु लगाएत बिभिन्न संघसंस्थाको आथित्यतामा सम्पन्न भयो। उक्त समारोहमा प्रमुख अतिथिज्युको हातबाट रक्त ब्याग रक्तदातालाई हस्तान्तरण गर्दै कार्यक्रमको समुद्घघाटन भएको थियो भने ५६ औ दिबशको अबसरमा ५६ जनाले नै रक्तदान गरेको जेसिजका अध्यक्ष तेज प्रसाद उप्रेती९रमेश०ले बताउनु भयो।

उक्त कार्यक्रमको संयोजकत्व जेसी गोकुल उप्रेतीले गर्नुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्युले ूमानबताको सेवा नै जिबनको सर्बोत्तम कार्य होू भन्ने आस्था बोकेको जेसिजले बिगत देखी हालसम्म बिभिन्न सामाजिक कार्य गर्दै आइरेहेकोमा उक्त कार्यको प्रसंसा गर्दै गाउपालिकाको बिकट क्षेत्रहरुमा पनि यस्ता सामाजिक कार्य लगाएत जिबनदान दिने जस्ता कार्यक्रमहरू संचालन गर्न अनुरोध गर्नुभएको थियो।त्यसैगरि बिशिष्ट अतिथि ज्युबाट अबको केहि महीना मैं मकवानपुरमा सेतो रगत लगाएत रगतको अभावलाई कमी हुन नदिन आबश्यक मेसिन केहि महीना मैं आउने र अन्य जिल्ला धाउनुपर्ने झन्झटको अन्त्य हुने जानकारी दिनुभयो।अन्त्यमा रक्तदान कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण सहभागिलाई आयोजकको तर्फबाट बिशेष धन्यबाद सहित प्रमाणपत्र बितरण गर्दै समापन भएको थियो।