बाहुण्डाँगी । कमलनगर जेसीज ले २०७९ सालको बिजया दशमीको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा फुट्सल प्रतियोगिता कार्यक्रम
गौरादह फुट्सल,गौरादह बजार सम्पन्न गरेको छ । फुट्सल प्रतियोगितामा दमक जेसीज सतासीधाम जेसीज गौरादह जेसीज र अयोजक कमलनगर जेसीज सहित चार टिमको सहभागिता रहेको थियो । पहिलो खेलमा दमक जेसिज ले कमनगर जेसीज लाई १ विरुद्ध ३ गोल ले पराजित गर्दै फाइनल मा प्रवेश गरेको थियो भने दोस्रो खेल मा सतासीधाम जेसीज ले गौरादह जेसीज लाई ३ का विरुद्ध ५ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेकोको थियो ।

फाइनल खेलमा सतासीधाम जेसीज ले दमक जेसीज लाई १ का विरुद्ध ३ गलले पराजित गर्दै अजको बिजेता टिम भएको छ भने उपबिजेता दमक जेसिज भएको छ । बिजयी टिम लाई कप मेडल प्रमाणपत्र प्रमुख अथिती नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर प्रकाश प्रसाद अधिकारि विश्ष्ट अथिती द्वोय गौरादह नगरपालिका का उपमेयर जल बर्षा राजवसी र कमल गाउँ पालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने विशेष अथिती नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष जेसी कुमार सि सावा बाट शुभकामना मन्तव्य सहित पुरस्कर वितरण गरिएको थियोे । कार्यक्रम कविता ब्यग उध्योगका सञ्चालक कविता घिमिरे चार वटै शाखका निवर्तमान अध्यक्ष र पुर्व अध्यक्ष को उपस्थिति रहेकोउ कार्यक्रम उद्घोषण महासचिव जेसि भिम अधिकारी कार्यक्रम सयोजक जेसी रोशन अधिकारिको संयोजन र कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष जेसि नारायण बस्नेत को सभपतित्व मा सम्पन्न भएको थिए ।

