संघ \संस्था

मेचीनगर लेडी जेसीजको युवा सशक्तीकरण तालिम सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको आयोजनामा आज बुधबार एक दिने युवा सशक्तीकरण तालिम सम्पन्न भएको छ । इष्ट होराइजन स्कुलका प्लस टु का विद्यार्थीहरु लाई इम्पावरिङ युथ ट्रेनिङ्ग प्रदान गरिएको हो । मेचीनगर लेडी जेसीजकि अध्यक्ष रश्मि थापाको सभापतित्व तथा एन प्याब्सनका केन्द्रिय सदस्य एवम् इष्ट होराइजन स्कुलका प्रीन्सिपल सन्जिव राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा मेचीनगर लेडी जेसीजकि संस्थापक अध्यक्ष कविता शर्मा रहनु भएको थियो ।


कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाइ धुलाबारी जेसिजका पुर्व अध्यक्ष तथा सफल व्यावसायिक पुनित कुमार बंशलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्वागत तालिम सम्योजक सर्मिला तिम्सिना, आस्था वाचन उपाध्यक्ष कुसुम दाहाल र कार्यक्रमको संचालन माहासचिव सबिता पोख्रेलले गर्नुभएको थियो ।