बाहुण्डाँगी । धुलाबारी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा अभिषेक प्रधान प्रथम भएका छन् ।
धुलावारीको २०२३ को जेसीज सप्ताहको उद्घाटन समारोहमा आयोजना गरिएको खुल्ला प्रतियोगितामा २० जना सहभागिलाई पछि पार्दै प्रधान प्रथम भएका हुन् । प्रतियोगितामा सेन्मा थुलुङ राई दोस्रो र सैलेश राजवंशी तेस्रो भएका थिए ।

प्रतियोगिता धुलाबारी माविको सभाहलमा सम्पन्न भएको थियो ।
शाखाका अध्यक्ष योगेश राजवंशीको सभापतित्व तथा वरिष्ठ मुर्तिकार युवराज रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममको निर्णायकमा वरिष्ठ चित्रकार विजय श्रेष्ठ , पूर्व अध्यक्ष चन्द्र कुमार भट्टराई रहेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव मनोज ढकालले गरेका थिए ।
सप्ताह अन्तर्गत मंगलवार रक्तदान कार्यक्रम रहेको सहसचिव शैलेष गौतमले जानकारी दिए ।

