राजनीति

बाम आन्दोलन संयोजन समितिद्वारा मेचीनगर-२ भृकुटीमा पुर्नमिलन कार्यक्रम सम्पन्न

मेचीनगर । बाम आन्दोलन संयोजन समितिको आयोजनामा मेचीनगर-२ भृकुटीमा पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा साविक बाहुण्डाँगी गाविस हाल मेचीनगर १, २ ,३ र ४ नम्बर वडामा २०४६ साल चैत २४ अघि बाम आन्दोलनमा विभिन्न भूमिका निर्वाह गरेका नेकपा एमाले बामपन्थीहरु भेला भएका थिए ।

आयोजक बाम आन्दोलन संयोजन समितिका संयोजक यामप्रसाद दाहालको अध्यक्षतामा आयोजना भएको कार्याक्रममा प्रमुख अतिथि गणेश सुवेदी रहेका थिए । मेचीनगरका पूर्व उपप्रमुख तथा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नवराज रिजाल, दिलिप दाहाल, टिकाराम न्यौपाने, मेचीनगर १,२,३,४ का अध्यक्ष क्रमश राजेन्द्र राई, दिपक बराल, हर्क बस्नेत र अर्जुन कार्कीलगायत चार वटै वडाका एमाले पार्टी अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

तिलक न्यौपानेले कार्यक्रमको औंचित्यमाथी प्रकाश पारेको कार्यक्रममा स्वागत टेकबहादुर देवानले गरेका थिए भने, कार्यक्रम सञ्चालन युवराज कट्टेलले गरेका थिए ।