संघ \संस्था

सानो केर्खा टोल विकास संस्थाको अध्यक्षमा बोखिम

कमल । सानो केर्खा टोल विकास संस्थाको अध्यक्षमा लालप्रसाद बोखिम चयन भएका छन् ।

कमल गाउँपालिका ३ स्थित सानोकेर्खा टोल विकास संस्थाको आज सम्पन्न दोस्रो अधिवेशनले बोखिमको नेतृत्वमा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिकाे उपाध्यक्षमा बेदनिधि पौडेल, सचिवमा धनमाया थापा र कोषाध्यक्षमा लोकमाया मैनाली चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा छत्र मेन्याङ्बो, बबिता तिम्सिना, सन्दिप खोयाङ्, रुद्र मेन्याङ्बो र रेनुका सुबेदी रहेका छन् ।

कमल गाउँपालिका ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा वडा सचिब देवीप्रसाद फूयाल लगायतको आतिथ्य रहेको थियो ।

सानो केर्खा टोल विकास संस्थाको अध्यक्ष लेखनाथ सुबेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वाागत उपाध्यक्ष बेदनिधी पौडेल र सञ्चालन शिक्षासेवी त्रिलोचन गौतमले गरेका थिए ।