संघ \संस्था

फाेक्सटन एण्ड हाईट डिष्ट्रिकमा नगरप्रमुख सहित नेपाली प्रतिनिधि मण्डललाई स्वागत सम्मान

मेचीनगर । बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे नेपाली प्रतिनिधि मण्डललाई बुधबार फाेक्सटन एण्ड हाईट डिष्ट्रिकका चियरमेन (जिल्ला सभापति)ले स्वागत तथा सम्मान गर्नुभएकाे छ ।

नगरप्रमुख तथा उपप्रमुखसहित नगरप्रमुख बुढाथोकी की जीवनसंगिनी भिसाेदा कट्वाल, द गाेर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष गंगालाल गुरूङ,महासचिव जगत गुरूङ, कार्यक्रम संयाेजक कुमारी गुरूङ तथा कल्चर एक्सचेञ्ज प्रेसिडेन्ट मेनुका मैनालीलाई डिष्ट्रिक चियरमेन ( जिल्ला सभापति) ले उहाँकै कार्यकक्षमा स्वागत तथा सम्मान गर्नुभएकाे द गाेर्खा मेमोरियल फाउन्डेसन युकेका अध्यक्ष तथा फाेक्सटन टाउनका पूर्व काउन्सिलर धनकिरण गुरूङले जानकारी दिनुभयाे ।

कार्यक्रममा नेपालकातर्फबाट नगर प्रमुख बुढाथोकी , उपप्रमुख उप्रेतीले उहाँलाई नेपाली पहिचान झल्किने दाेसल्ला पहिर्याएर सम्मान व्यक्त गर्नुभयाे । कार्यक्रममा बाेल्दै डिष्ट्रिक चियरमेन ( जिल्ला सभापति) ले अब मेचीनगर नगरपालिका र बेलायतकाे फाेक्सटन टाउनबीचकाे भगिनी सम्बन्धले आफुलाई ज्यादैँ खुशी लागेकाे र यसलाई फराकिलाे र बृहद बनाउन डिष्ट्रिकसँग पनि मितिरे साईनाे लगाउन आव्हान गर्नुभयाे ।

मेचीनगरकाे सुख दुखमा सधै बेलायतकाे साथ सहयाेग रहने भन्दैँ उहाँले बेलायत र नेपाल धार्मिक, साँस्कृतिक , पर्यटकीय अनि थुप्रै कला रितीरिवाज, चाडपर्वले पनि नजीक रहेकाे स्पष्ट पार्नुभयाे ।

बेलायतकाे फाेक्सटन टाउन काउन्सिल र द गाेर्खा मेमोरियल फाउण्डेशन बेलायतकाे ओैपचारिक निमन्त्रणामा मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पाेखरेल उप्रेती सहितकाे टाेली त्यहाँ पुगेकाे हाे ।

कार्यक्रममा नगरप्रमुख बुढाथोकी र उपप्रमुख मीना पाेखरेलले फाेक्सटन टाउन काउन्सिल , डिष्ट्रिक काउन्सिल र केन्ट काउन्टि काउन्सिल ( स्थानीय सरकार) फाेक्सटन नेप्लिज कम्यूनिटी, झापा समाज युकेेले देखाएकाे सदभाव, स्वागत तथा सम्मानप्रति हार्दिक आभार प्रकट गर्नुभयाे

नेपाली भ्रमण टाेलीका सदस्यहरूमा नगरप्रमुख बुढाथोकी की जीवनसंगिनी भिसाेदा कट्वाल, द गाेर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष गंगालाल गुरूङ, महासचिव जगत गुरूङ, कार्यक्रम संयाेजक कुमारी गुरूङ,साँस्कृतिक विभाग प्रमुख मेनुका मैनाली रहनुभएकाे छ ।

सम्बाेधका क्रममा नगरप्रमुख बुढाथोकीले याे अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फाेक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फाेस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयाेजक धनकिरण गुरूङलगायत बेेलायत देश बेलायतका नागरिकप्रति धन्यवाद ज्ञापन गर्नुभयाे ।

उहाँले याे भगिनी सम्बन्ध यी दुई पालिकाबीच मात्र नभएर नेपाल र बेलायत तथा दुई देशका नागरिकबीच भएकाे स्पष्ट पार्दै याे सम्बधले दुई देश र यी देशका नागरिकबीच परस्पर एकताकाे सुत्रमा बाध्ने विश्वास व्यक्त गर्नुभयाे । अब याे भगिनी सम्बन्धलाई अझ प्रगाढ र उच्च शिखरमा पुर्याउन सवैकाे साथ सहयाेग र समन्वयकाे खाचाे नगर प्रमुख बुढाथोकीले ओैल्याउनुभयाे । नेपालसहित मेचीनगर नगरपालिका बेलायत र बेलायतका नागरिककाे उन्नति प्रगति चाहाने प्रदेशसभामा सम्बाेधनका क्रममा उहाँले स्पष्ट पार्नुभयाे । साथै मेचीनगर नगरपालिका र फाेक्सटन हाईट डिष्ट्रिकबीच विभिन्न विषयमा छलफल भएर आवशयक कागजात आदान प्रदान गरियाे ।

साथै नेपाली प्रतिनिधि मण्डल बुधबार साँझ विजयदशमीकाे अवसर पारेर गाेर्खा रेजीमेन्ट सेकेन्ड राेयल गाेर्खा बटालियनले आयाेजना गरेकाे रात्रीभाेजमा सहभागी हुने छ ।