राजनीति शिक्षा

कचनकवलमा विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

झापा, श्रावण २१ । कचनकवल गाँउपालिकाले आफ्नो निति तथा कार्यक्रम २०७६-७७ अन्तर्गत जारी गरेको शिक्षा सम्बन्धी कार्यक्रमलाई कार्यन्वयनमा आलटाल गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले संयूक्त रुपमा गाँउपालिकाको कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।
गाँउपालिकाले कक्षा १२ सम्म सबै विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्ने तथा छात्रालाई क्याम्पससम्म नै निशुल्क अध्ययान गराउने निति तथा कार्यक्रम पारित गरेको थियो । तर अहिले आएर केही विद्यालय तथा क्याम्पसहरुमा मात्रै सो निति तथा कार्यक्रम लागु गरेको त्यसमा पनि अध्यायन गर्ने संकाय तोकेको भन्दै विद्यार्थी संगठनहरुले संयूक्त रुपमा ज्ञापन पत्र बुझाएको हुन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेविसंघका विद्यार्थी संगठनले गाँउपालिकाले पारित गरेको निति तथा कार्यक्रम पूर्ण रुपमा लागु गर्न चेतावनी दिएका छन् ।

अनेरास्ववियू कचनकवल ईन्चार्ज उमेश मिश्रले सञ्चालन गरेको कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी सचिव रोशन लामाले ज्ञापन पत्रको औचित्य माथी प्रकास पारेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य भक्त बहादुर बिक,नेविसंघ जिल्ला कमिटि सदस्य निर्मल दाहाल, नेविसंघ कचनकवल सभापती सागर राजवंशीलगायतले गाँउपालिका उपाध्यक्ष निमसरी राजवंशीलाई संयूक्त रुपमा ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा नेविसंघ कचनकवल सचिव विकास घिमिरे, नेविसंघ कचनकवल सहसचिव युवराज आचार्यलगायतको विद्यार्थी नेताहरु सहित १ सय बढी विद्यार्थीको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.