विविध

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव

काठमाण्डौं, भाद्र ९ । सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् । निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटो निराश हुन्छन् । आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । सम्बन्धहरुले निकै महत्व राख्नेछ । पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् ।
सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि दानी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र सोमबार जन्मने मान्छेको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले तनाव दिने गर्दछ ।

Leave a Reply

Your email address will not be published.