समाचार स्वास्थ्य

प्रधानमन्त्री ओलीको उपचार बुधबार पूरा हुने

काठमाण्डौं, भाद्र १५ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओलीको उपचार बुधबार पूरा हुने भएको छ।
सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको उपचारबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले यस्तो जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली भाद्र ५ गते उपचारको लागि सिंगापुर प्रस्थान गरेका थिए। ६ गतेदेखि नै सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको उपचार सुरु गरिएको थियो।

Leave a Reply

Your email address will not be published.