राजनीति शिक्षा

किरात राई विद्यार्थी संघ विभाजित

झापा, भाद्र १८ । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरुबीच विभाजित भएका छन् । किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो ।
गत वैशाखमा खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । तर आज बुधबार झापाको दमकमा भेला भएका विद्यार्थीहरुको भेलाले रामचन्द्र राईको अध्यक्षतामा ५७ सदस्यीय अर्को समिति घोषणा गरेका छन् । संघको ९औं राष्ट्रिय सम्मेलनदेखि नै विद्यार्थीहरु विभाजित भएका थिए ।
हाल एउटै उद्देश्य र नामसहितको दुई अलग–अलग संगठन बनेको छ । यसको प्रमुख कारण यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई नै भएको नवगठित विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले आरोप लगाए ।
अध्यक्ष दिवस राईले ९ औं राष्ट्रिय सम्मेलनमा संघका संस्थापक, पूर्व अध्यक्ष, जिल्ला प्रतिनिधिहरुलाई समेत निषेध गरी आपूm सम्बद्ध पार्टी (नेकपा) को विचार बोक्ने विद्यार्थीहरुलाई मात्रै समेटेर नयाँ कार्यसमिति घोषणा गरेको नवगठित विद्यार्थी संघका अध्यक्ष राईले आरोप लगाए । ‘उहाँले आफू अनुकुलका मान्छे ल्याउने गरी लबिङ गर्नुभो, हाम्रा कुराहरुमा चासो दिनुभएन,’ अध्यक्ष राईले भने, ‘विद्यार्थीको सम्मेलनमा देखिएको विवाद मिल्ने अपेक्षासहित हामीले पटकपटक उहाँको ध्यानाकर्षण गरायौ, समस्याको समाधान खोज्न ४ महिनासम्म पर्खियौ । तर यसबीचमा केही कुराकानी भएन, कुनै पहल गरिएन् ।’ रामचन्द्र राईले १३ जिल्लाका साथीहरुलाई मिलाएर नयाँ समिति बनाइएको बताए ।
यसैवीच , दमकमा भएको राई विद्यार्थीहरुको भेलाले ११ बुँदे दमक घोषणापत्र समेत जारी गरेको छ । जसमा प्रदेश नं १ लाई किरात नामाकरण गराउनका लागि पहिचान पक्षधर राई विद्यार्थीहरुबीच धु्रवीकरण गरिनुपर्ने, प्रदेशबासीलाई गोलबद्ध गर्नुपर्ने, किरात राई विद्यार्थी संघलाई कुनै राजनीतिक दलको भातृसंगठनजस्तो बनाउन नहुने, मातृभाषा शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published.