संघ \संस्था

धुलाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा भण्डारी

धुलाबारी । धुलाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा डिल्लीराम भण्डारी निर्वाचन भएका छन् । त्यस्तै नयाँ कार्यसमितिको कार्यकारणी उपाध्यक्षमा आशिष पौडेल र शैलेश गौतम चयन भएका छन् ।

एब बर्षे कार्यकालका लागि धुलाबारी जेसीजको महासचिवमा श्याम सिवाकोटी, कोषाध्यक्षमा सुनिल राजवंशी र सह सचिवमा सुलभ भण्डारी निर्वाचित भएका छन् । त्यस्तै कानूनी सल्लाहकारमा मनोज ढकाल चयन हुँदा उपाध्यक्षमा सचेत घिमिरे, आर्यन पौडेल, जमिर अलि र सनम महरा निर्वाचित भएका छन् ।

धुलाबारी जूनियर जेसीज वर्ष २०२५ का लागि सृजित ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । जुनियर तर्फ महासचिवमा बिवश न्यौपाने, का. उपाध्यक्षमा रोहन शाह, सचिन शाह र उपाध्यक्षमा दिक्षा तिम्सिना, सिम्रिका पौडेल र सौरभ शाह रहेका छन् ।