काठमाण्डौं, भाद्र ३० । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कास्कीले आफूलाई भ्रष्टाचार अभियान्त बताउन ज्ञानेन्द्रबहादुर शाहीलाई कास्की प्रवेशमा रोक लगाएको छ । विभिन्न कालखण्डमा गरिएको संघर्षबाट प्राप्त उपलब्धीको अस्वभाविक चलखेल गरेको भन्दै संघले शाहीलाई कास्की प्रवेशमा रोक लगाएको हो ।

संघका तर्फबाट साविक वाइसीएल नेपाल कास्कीका अध्यक्ष भोजराज पौडेल र साविक युवा संघ नेपाल कास्कीका अध्यक्ष डिल्लीराम सुवेदीका हस्तक्षर रहेको जारी विज्ञप्तिमा फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जाल मार्फत समाजमा भ्रम र द्वन्द्व सृजना गर्ने, उक्साउनेविरुछ आफ्नो संगठन जस्तो सुकै कदम चाल्न तयार रहेको उल्लेख छ ।

