अर्थ

दशैंका लागि आजदेखि नयाँ नोट

काठमाण्डौं,  असाेज १० । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्ने जानकारी दिए ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइने छ । एक व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक/एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.